बारा, असोज १२-नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनबाट उपेन्द्र यादव (उपन) क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ को सभापतिमा शशिकान्त मिश्रा र प्रदेशसभा ‘ख’ को सभापतिमा ललन यादवलाई पनि सर्वसम्मत चयन गरेको छ।
क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय तथा प्रदेश तहका पदाधिकारीसँगै नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको जनाइएको छ।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच सहमति कायम गर्दै नेतृत्व चयन गरिएको हो। निर्वाचन प्रक्रियाबाट हुने प्रतिस्पर्धालाई अन्त्य गर्दै सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि कांग्रेस बारा–२ को संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित क्षेत्रीय सभापति उपेन्द्र यादवसहित प्रदेश क्षेत्रका सभापति र महाधिवेशन प्रतिनिधिहरूले पार्टी संगठनलाई सुदृढ बनाउँदै आगामी दिनमा कांग्रेसको गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
कांग्रेस बारा–२ को क्षेत्रीय सभापतिमा उपेन्द्र यादव सर्वसम्मत
Leave a Comment
Leave a Comment

