४असार,बारा: कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको आज बुधबार असामयिक निधन भएको छ ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक शोक वक्तव्य जारी गरी वर्णवालको निधन बारे जानकारी गराएका हुन्।
शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ ।
साथै यस दुखःद घडीमा आज असार ४ गते यस कार्यालयको निर्णयानुसार बुधवार आधा दिन यस नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालय,शैक्षिक संस्थाहरुमा सार्बजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैलाई शोक वक्तव्य निकाली जानकारी गराईएको छ ।

