बाराका सशस्त्र प्रहरी उपरीक्षक केसीको खण्डन जस्ताको त्यस्तै

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

श्री सम्पादक ज्यू, विश्व खबर
मिति :- २०८२/०३/२५ गते ।
विषयः झूटो, भ्रामक र नियोजित समाचारप्रति खण्डन सम्बन्धमा।
उक्त
उपरोक्त सम्बन्धमा तपाईं सम्पादक रहेको विश्व खवर पत्रिकामा प्रकाशित “बारामा सशस्त्रका एसपी, केसीमाथी माछा र फुलको आडमा हुण्डीको तस्करी तीब्र बनाएको आरोप, तस्करहरुसँग युनिट ईन्चार्जमार्फत रकम असुली शीर्षकको समाचार (मिति २०८२/०३/२४, मंगलवार) प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा प्रस्तुत आरोपहरू तथ्यहीन, निराधार, कपोकल्पित, र नियोजित रूपमा मेरो व्यक्तिगत र पेशागत छविलाई बदनाम गर्ने उद्देश्यले लेखिएको स्पष्ट देखिन्छ । म खुम बहादुर के.सी., सशस्त्र प्रहरी उपरीक्षकको हैसियतमा यस प्रकारको समाचारप्रति पूर्ण असहमति जनाउँदै यसलाई कडाभन्दा कडा शब्दमा निन्दा गर्दछु । समाचारमा भनिएअनुसार सशस्त्र प्रहरीको संलग्नतामा भारतबाट माछा, फूल, रेडिमेड कपड़ा, हार्डवेयर लगायतका वस्तुहरू नेपाल भित्र्याइने तथा हुण्डी कारोवारको रकम मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआईजीज्यूको नाममा बुझाइनेजस्ता दावीहरू पूर्णतः झूटा, भ्रामक र प्रमाणविहीन छन् । यस्ता भ्रामक सूचनाले आम जनमानसमा भ्रम सिर्जना गर्नुका साथै, मेरो व्यक्तिगत इमानदारी, निष्ठा र संस्थाको गरिमामाथि प्रत्यक्ष आघात पुयाएको छ । मैले नेतृत्व गरिरहेका कुनै पनि सशस्त्र प्रहरी इकाईका प्रमुखहरूले समाचारमा वर्णन गरिएजस्ता कुनै गैरकानुनी वा पेशागत मर्यादा विपरीत कार्य गरेका छैनन् । सार्वजनिक संस्थाको जिम्मेवार अधिकृतको हैसियतले मैले आफ्नो कार्य सम्पादनमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादाको पूर्ण पालना गर्दै आएको छु । अतः यस्ता झूटा र पूर्वाग्रही समाचारले मेरो मात्र होइन, सम्पूर्ण सशस्त्र प्रहरी संगठनको गरिमामा आँच पुयाउने खालको भएकाले म यस समाचारलाई पूर्ण रूपमा खण्डन गर्दछु ।
बोधार्थ:-
प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम तिलगंगा, काठमाण्डौ ।

निवेदक
नाम:- खुम बहादुर के.सी.
(सशस्त्र प्रहरी उपरीक्षक)
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा.
हस्ताक्षर:-
मो.नं. ९८५१२५९८०४
इमेल:- khumbdr.kc@gmail.com

Leave a Comment