सञ्चार गृह उकास्न स्थानीय सरकारको भूमिका अनिवार्य : दिवाकर भण्डारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, २ माघ २०८२ (शुक्रबार)। प्रेस चौतारी नेपाल मधेस प्रदेशका महासचिव दिवाकर भण्डारी ले सञ्चार गृहहरू आर्थिक तथा संरचनागत संकटमा रहेकाले तिनलाई उकास्न स्थानीय सरकारको सक्रिय र निर्णायक भूमिका अनिवार्य रहेको बताएका छन्। विश्व ज्ञान मिडिया प्रणालीद्वारा प्रकाशित ‘ज्ञान खबर राष्ट्रिय दैनिक’ को पहिलो वार्षिकोत्सव तथा दोस्रो वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

भण्डारीले छोटो अवधिमै ज्ञान खबर राष्ट्रिय दैनिकले निष्पक्ष, जनमुखी र उत्तरदायित्वपूर्ण पत्रकारिताको पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरे। उनले स्थानीय तहले नीति, कार्यक्रम र बजेटमार्फत स्थानीय पत्रपत्रिकालाई सहयोग गरे मात्र पत्रकारिता क्षेत्र सुदृढ र दिगो बन्न सक्ने बताए।

वार्षिक उत्सव कार्यक्रममा ज्ञान खबरका सह–सम्पादक जिउत यादव को अध्यक्षता रहेको थियो भने सम्पादक भोलानाथ पौडेल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव ले गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पानालाल दास ले ज्ञान खबर दैनिकले छोटो समयमै पाठकको विश्वास जित्न सफल भएको बताउँदै आगामी दिनमा पनि स्थानीय मुद्दा, नागरिक सरोकार र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गर्न सुझाव दिए।

त्यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डे ले ज्ञान खबर राष्ट्रिय दैनिकले प्रदेशस्तरमा सूचना प्रवाहको नयाँ ढोका खोलेको उल्लेख गर्दै सम्पूर्ण टिमलाई निरन्तरता, पेशागत निष्ठा र सत्यतामा अडिग रहन प्रेरणा दिए।

कार्यक्रममा प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटी मगर, नेपाल पत्रकार महासंघ नमस्तेका सदस्य सन्दिप श्रेष्ठ, नेवालाल पटेल, नेपाल कानुन व्यवसायी संघका वरिष्ठ सल्लाहकार लकी कुशवारी लगायतले पनि ज्ञान खबर राष्ट्रिय दैनिकको दोस्रो वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गरेका थिए।

दोस्रो वर्षमा प्रवेशको अवसरमा ज्ञान खबर राष्ट्रिय दैनिक ले विज्ञापनदाता, शुभेच्छुक, पाठक तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निष्पक्ष, तथ्यपरक र जनपक्षीय पत्रकारिता गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

पत्रिकाको सम्पादकीय टोलीले जारी गरेको सन्देशमा भनिएको छ,
“शून्यबाट सुरु भएको हाम्रो यात्रामा पाएको साथ, विश्वास र माया नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। आगामी दिनहरूमा पनि सत्य, निष्पक्षता र जनताको पक्षमा कलम चलाइरहनेछौं।”

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 90;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 32;

Leave a Comment