वीरगञ्जको दशैं मेलामा ग्याङ फाइट, एकको मृत्यु दुई जना पक्राउ, घटनास्थल सिल

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

१५ असोज, वीरगञ्ज ।
पर्साको वीरगञ्जस्थित दशैं मेलामा मंगलबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार माइस्थान र घडिअर्वा पोखरी नजिकैको मेलास्थलमा विवाद उग्रिँदा घटना भएको हो। मृत्यु हुने व्यक्तिको परिचय हालसम्म सार्वजनिक गरिएको छैन।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ। तर पक्राउ परेकाको नाम खुलाइएको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धानका लागि घटनास्थललाई सिल गरेर अनुसन्धान तीव्र रूपमा अघि बढाएको छ। साथै, अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

Leave a Comment