सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख ६ — सल्यान जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
बनगाड कुपिण्डे नगरपालिका–८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जीप पुथाला क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा परी ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको हो।
वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जीपमा १८ जना सवार थिए। दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Comment