२० बैशाख,बारा: दलित जनजाती उत्थान केन्द्र बाराको आयोजनामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अर्न्तगत बाराको कलैया स्थित दास गेष्ट हाउसमा शुक्रबार सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरु संगको अर्न्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियाृे ।
उक्त कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक सरोज सिंहले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रममा स्वागत एवम् सञ्चालन रामबाबु सिंहको रहेको थियो । अर्न्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नेपाल प्रेस युनियनका मधेश प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, पत्रकार महासंघ मधेश प्रदेशका अनिल कुमार गौरव, सदस्य संजिव कुमार मिश्रा, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय , सचिव पुष्प खतिवडा, कोषाध्यक्ष रन्जन यादव, लगायतको सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
बैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरु संगको अर्न्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
Leave a Comment
Leave a Comment






