काठमाडौं, वैशाख ६ — पर्साको वीरगञ्जमा सडक अतिक्रमण हटाउने अभियान अन्तर्गत डिभिजन सडक कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि घरटहरा भत्काउने काम सुरु गरेको छ।
बिहान करिब ४ः३० बजेदेखि सुरु गरिएको अभियानमा गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोकलगायत पाँच स्थानमा एकैपटक डोजर प्रयोग गरिएको छ। सडक फराकिलो बनाउने उद्देश्यले १० वटा डोजर परिचालन गरिएको जनाइएको छ।
यसअघि अदालतको फैसलापछि पनि अतिक्रमित संरचना हटाउने काम रोकिएको अवस्थामा सडक डिभिजनले वीरगञ्ज महानगरपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पुनः अभियान अघि बढाएको हो।
अभियानलाई प्रभावकारी बनाउन २ हजार २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक अतिक्रमण हटाउने कार्य अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
वीरगञ्जमा अतिक्रमणविरुद्ध कडा कदम, १० डोजरले भत्काए घरटहरा
Leave a Comment
Leave a Comment

