अफगानिस्तानको मजार–ए–सरिफ नजिक भूकम्प, बाल्ख र समङ्गनमा बढी असर

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १७ — अफगानिस्तानको मजार–ए–सरिफ नजिक शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार करिब ५ लाख २३ हजार जनसंख्या रहेको उक्त क्षेत्र नजिकै २८ किलोमिटर (१७.४ माइल) गहिराइमा भूकम्प गएको हो।

भूकम्पको सबैभन्दा बढी असर बाल्ख र समङ्गन प्रान्तका केही भागमा परेको अफगान तालिबान रक्षा मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य सुरु गरिएको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार, भूकम्पका कारण घरहरुमा चिरा परेका छन् र सर्वसाधारण खुला स्थानतर्फ निस्किएका छन्। हालसम्म जनधनको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

Leave a Comment