१८ मंसिर, काठमाडौं ।
आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारीलाई तीव्र बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्री कार्कीको पहलमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोगका आयुक्तहरू तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेगरी बैठक बोलाइएको हो। बैठक आज (बिहीबार) दिउँसो ४ बजे वालुवाटारस्थित सरकारी निवासमा बस्नेछ।
यद्यपि प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमा नहुने स्पष्ट भइसकेको छ। राष्ट्रिय सभाको चुनाव भने माघ ११ गते हुने तय छ।
चुनाव सहज र सुरक्षित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूले सुरक्षा सुनिश्चिततालाई प्राथमिक मुद्दा बनाउँदै आएका छन्। यही विषयमा प्रधानमन्त्री कार्कीले पछिल्ला दिनमा दलगत रूपमा छुट्टाछुट्टै छलफल पनि गरिसकेकी छन्।
शुक्रबार बस्ने सर्वपक्षीय बैठकमा भने सरकार, दलहरू, आयोग र सुरक्षा निकाय सबै पक्ष एकै ठाउँमा बसेर समग्र तयारीको समीक्षा तथा आवश्यक निर्णयमा पुग्ने अपेक्षा गरिएको छ।

