मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझायो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
रविवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममार्फत आयोगका अध्यक्ष तपबहादुर मगरले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

नेपालको संविधानको धारा २९४ अनुसार आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने व्यवस्था रहेको छ। आयोगले सोही संवैधानिक व्यवस्थाअनुसार चालु आर्थिक वर्षको प्रतिवेदन पेश गरेको हो।

कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Comment