काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडियामार्फत सुनियोजित रूपमा हल्ला फैलाइएको दाबी गर्दै त्यसबाट विचलित नहुने बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले देशको ढुकुटीमाथि नजर गाड्ने समूहहरू अहिले आफूबाट त्रसित भएको उल्लेख गरेका छन्। उनले आफूविरुद्ध भइरहेको “मिडिया ट्रायल” ती समूहहरूको छटपटी भएको टिप्पणी गरेका छन्।
हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गुरुङको व्यावसायिक सम्बन्ध रहेको आरोप सार्वजनिक भएको छ। साथै, जेनजी आन्दोलनपछि उनले ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको र उक्त विवरण सम्पत्ति विवरणमा नसमेटिएको विषय पनि चर्चामा छ।
यी आरोपहरू सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब दिएको छ।
यद्यपि, गुरुङले आफूविरुद्ध फैलाइएका आरोपलाई अस्वीकार गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमै लेखेका छन् कि भ्रष्टाचार गर्नेहरूविरुद्धको कारबाही अझै कडा रूपमा अघि बढ्नेछ र आफू कुनै पनि दबाबमा नपर्नेछन्।
गृहमन्त्री गुरुङको प्रतिक्रिया: “मिडिया ट्रायलको शिकार भएँ, भ्रष्टविरुद्ध कारबाही रोकिन्न”
Leave a Comment
Leave a Comment

