पर्साका प्रहरी उपरीक्षक मिश्र मधेसमा सर्वोत्कृष्ट

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

१२ श्रावण,वीरगन्ज : पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशमा सर्वोत्कृष्ट घोषित भएका छन ।
मधेस प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्साका प्रहरी उपरीक्षक मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट घोषित हुन ।

९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय प्रथम स्थानमा उभिएको छ । प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा पर्साले चोरी तस्करीमा करिब ६० करोड रुपैयाँ बराबरका सामान नियन्त्रण गरेको छ भने फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको छ ।

लागुऔषध नियन्त्रण र मानव बेचबिखन विरुद्धको कारबाहीमा पनि पर्सा प्रहरीले उत्कृष्ट काम गरेको छ ।

उनले कार्यालयको भौतिक संरचना सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएका छन् ।

२०७७ देखि सुरु भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा पहिलो पटक विजेता बनेको हो ।

Leave a Comment