आईसीसी महिला च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको पहिलो जित, अमेरिकासँग प्रतिस्पर्धा कडा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, वैशाख ७ — अफ्रिकी राष्ट्र रुवान्डा मा जारी आईसीसी महिला च्यालेन्ज ट्रफी २०२६ मा नेपालले पहिलो जित दर्ता गरेको छ। इटालीलाई ५० रनले पराजित गर्दै नेपाली महिला टोलीले प्रतियोगितामा लय समातेको हो।
यसअघि पहिलो खेलमा अमेरिका सँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो। अहिले अंक तालिकामा अमेरिका राम्रो रनरेटसहित शीर्ष स्थानमा रहँदा नेपाल, रुवान्डा र इटाली समान २–२ अंकका साथ प्रतिस्पर्धामा छन्।
इटालीविरुद्धको खेलमा नेपालका लागि रुबिना क्षेत्री ले घातक बलिङ गर्दै ४ विकेट लिइन्। उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्। बलिङमा उनलाई कविता कुँवर ले २ विकेट लिएर साथ दिइन् भने अन्य खेलाडीले पनि सन्तुलित प्रदर्शन गरे।
ब्याटिङतर्फ उपकप्तान पूजा महतो ले अविजित ४८ रन बनाएर टोलीलाई मजबुत स्कोरमा पुर्‍याइन्। निर्धारित २० ओभरमा ११२ रन बनाएको नेपालले जवाफमा इटालीलाई ६२ रनमै समेट्यो।
प्रतियोगितामा अब नेपालको ध्यान आगामी खेलहरूमा केन्द्रित हुनेछ। नेपालले वैशाख ९ मा रुवान्डासँग र वैशाख ११ मा भानुआतुसँग प्रतिस्पर्धा गर्नेछ।
डबल राउण्ड रोबिन आधारमा भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले उपाधि जित्नेछ। नेपालको लागि उपाधि यात्रामा अमेरिका मुख्य चुनौतीका रूपमा देखिएको छ, यद्यपि अन्य टोलीको नतिजाले पनि अन्तिम समीकरणमा प्रभाव पार्नेछ

Leave a Comment