काठमाडौँ, वैशाख ७ — गृहमन्त्री सुधन गुरुङले आफ्नो सेयर लगानीबारे उठेका विवादका बीच रकमको स्रोत ऋण (कर्जा) भएको स्पष्ट गर्दै आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।
उनले विभिन्न मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै आफूले गरेको लगानी २०८० भदौ २९ गतेको लिखित तमसुकका
लिइएको ऋणबाट जुटाइएको उल्लेख गरेका छन्। उक्त रकम बैंकिङ च्यानलमार्फत आएको र त्यसको सम्पूर्ण विवरण बैंक रेकर्डमा स्पष्ट रूपमा देखिने उनको दाबी छ।
गुरुङले भने, “बैंकबाट गएको पैसाको पूरा हिसाब हुन्छ—कहिले, कहाँ र कसलाई गएको भन्ने सबै देखिन्छ। यस्तो पारदर्शी प्रणालीमा पैसा लुकाउन सम्भव हुँदैन।”
उनका अनुसार लगानीको स्रोतबारे उठेका प्रश्न अनुमानमा आधारित नभई कागजात र बैंक विवरणले पुष्टि गर्ने विषय हो।
यसैबीच, विवादित पृष्ठभूमिका एक व्यवसायीसँग सम्बन्ध रहेको भन्ने आरोपबारे पनि उनले प्रतिक्रिया दिँदै आरोप र यथार्थ फरक कुरा भएको जिकिर गरे। “निर्णय भावना होइन, प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने।
गृहमन्त्री गुरुङले आफ्नो विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय स्वीकार गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताए। साथै, उनले जिम्मेवार पदमा रहेर पारदर्शिता कायम राख्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
ऋणबाट लगानी, छानबिनमा सहयोग गर्न तयार’ — गृहमन्त्री गुरुङको स्पष्टीकरण
Leave a Comment
Leave a Comment

