निर्वाचन आयोगले प्रधानमन्त्री र दलका प्रतिनिधिसँग आज छलफल गर्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

७ पुस,काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल आयोजना गर्ने भएको छ । आउँदो २१ फागुनमा तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरोकारवालासँग परामर्श गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे हुने छलफलमा आगामी निर्वाचनको तयारी, चुनौती र आवश्यक समन्वयका विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार छलफलमा हालसम्म आयोगले गरेको निर्वाचनसम्बन्धी तयारीबारे विस्तृत जानकारी गराइनेछ । साथै, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न राजनीतिक दलहरूको भूमिका र सहकार्यबारे पनि छलफल हुनेछ ।

छलफलमा राजनीतिक दलका शीर्ष नेताहरूका साथै सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत सहभागी गराइने आयोगले जनाएको छ ।

Leave a Comment