बारा, पुस १२ — विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज–खजानीको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
मिति २०८२ पुस ११ गते राति करिब २२:३० बजे, इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको कमाण्डमा तथा प्रहरी चौकी अमृतगंज–खजानी बाराबाट प्र.स.नि. विश्वराज प्रसाद कुशवाहा समेतको संयुक्त टोली खटिएको थियो।
प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ३, बडपुरवा स्थित गगांनगरबाट नयकाटोलतर्फ जुटको बोरामा राखी पिठ्युमा बोकेर लुकिछिपी ओसार–पसार गर्दै गरेको अवस्थामा ४ वटा जुटका बोरामा राखिएको ६४ किलो ४५० ग्राम लागू औषध गाँजा बरामद गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा राजकिशोर हजरा ४० वर्ष सिम्रौनगढ नगरपालिका वडा नं. ३, नयाकाटोल, बारा र
सुरेश, अं. ५० वर्ष, भारत बिहार राज्य, मोतिहारी जिल्ला, बनकटवा थाना, अगरवागाउँरहेका छन्।
बरामद लागू औषधसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

