केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित रहे गगन–विश्व, कांग्रेसभित्र मतभेद झन् सतहमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २६ पुस — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी नभएपछि पार्टीभित्रको आन्तरिक असमझदारी थप प्रष्ट देखिएको छ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरू उपस्थित भए पनि दुवै महामन्त्री भने अनुपस्थित रहेको नेताहरूले जानकारी दिएका छन्।

महामन्त्रीद्वयले अघि सारेको विशेष महाधिवेशनको एजेन्डालाई लिएर पार्टीभित्र मतभेद देखिँदै आएको बेला उनीहरूको बैठक बहिष्कारलाई अर्थपूर्ण रूपमा हेरिएको छ। गगन र विश्वप्रकाशले यसअघि नै पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गर्दै त्यसको तयारीसमेत अघि बढाइसकेका छन्।

केन्द्रीय कार्यसमिति बैठक र विशेष महाधिवेशनको तयारी एकै समयमा अघि बढ्दा कांग्रेसभित्रको शक्ति सन्तुलन र नेतृत्वको धाराबारे बहस चर्किँदै गएको छ। यस घटनाक्रमले पार्टीको आन्तरिक राजनीतिमा थप तरंग ल्याउने संकेत देखिएको छ।

Leave a Comment