काठमाडौं, ७ माघ २०८२
उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेको छ। पार्टी नेतृत्वका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहे पनि हालसम्म १२० क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ।
पार्टीका उपाध्यक्ष जितराम लामाले प्राप्त विवरण सार्वजनिक गर्दै उज्यालो नेपाल पार्टीले यसपटक एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको जानकारी दिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको सहमति भए पनि अन्ततः पार्टीले स्वतन्त्र रूपमा निर्वाचन लड्ने रणनीति तय गरेको हो।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामा भक्तपुर–२ बाट चुनावी मैदानमा उत्रिएका छन्। पार्टीले समानुपातिक तर्फ भने राष्ट्रिय परिवर्तन पार्टीमार्फत उम्मेदवारी दिएको जनाएको छ।
पार्टीका अनुसार हिमाल, पहाड र तराई समेट्ने गरी अधिकांश जिल्लामा उम्मेदवार चयन गरिएको छ। काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रदेखि लिएर पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पार्टीले उम्मेदवार खडा गरेको छ।
उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा उम्मेदवारहरू (क्षेत्रगत सूची)
काठमाडौं–१ मंगलाल श्रेष्ठ, काठमाडौं–२ पवन पोखरेल, काठमाडौं–३ कुलमान घिसिङ, काठमाडौं–४ झनकबहादुर अधिकारी, काठमाडौं–५ श्रीराम गुरुङ, काठमाडौं–६ वारिस धरेल, काठमाडौं–७ बिमला लामा, काठमाडौं–८ राजन खड्गी, काठमाडौं–९ रामेश्वर श्रेष्ठ, काठमाडौं–१० डा. राकेश न्यौपाने।
भक्तपुर–१ रमेश बल्ल, भक्तपुर–२ जितराम लामा।
ललितपुर–१ पदम तामाङ, ललितपुर–२ राजाराम तण्डुकार, ललितपुर–३ डा. आशुतोष विजय पन्त।
काभ्रेपलाञ्चोक–१ योगेन्द्र लामा, काभ्रेपलाञ्चोक–२ ज्योत्सना सैंजु।
रसुवा मानबहादुर तामाङ, नुवाकोट–१ अमित तामाङ, नुवाकोट–२ ज्ञानेन्द्र प्रकाश घले।
धादिङ–१ श्यामराजा पाण्डे, धादिङ–२ अमिर तामाङ।
रामेछाप दिपबहादुर योञ्जन, सिन्धुली–१ मोतीलाल तामाङ।
मकवानपुर–१ सुरेन्द्र लामा, मकवानपुर–२ डा. प्रविणकुमार स्याङतान।
चितवन–१ धनबहादुर गुरुङ, चितवन–२ निकुमार पाख्रिन, चितवन–३ डम्बरबहादुर तामाङ।
(पूर्व, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै जिल्लासहित १२० निर्वाचन क्षेत्रका उम्मेदवारहरू क्रमशः समेटिएका छन्।)
पार्टीले वैकल्पिक राजनीति, सुशासन, विकास र रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ। आगामी दिनमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत भइरहेको उज्यालो नेपाल पार्टीले जनाएको छ।

