अस्ट्रेलियाको न्यू साउथ वेल्समा गोली प्रहार, तीन जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ८ माघ २०८२ (बिहीबार) । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको एउटा सानो शहरमा भएको गोली प्रहार घटनामा तीन जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो ।

गोली लागेर घाइते भएका अर्का एक व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेको अवस्था स्थिर रहेको बताइएको छ । स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो घटना स्थानीय समयअनुसार बुधबार अपराह्न ४:४० बजे न्यू साउथ वेल्सको लेक कार्जेलिगो क्षेत्रमा भएको हो । गोली चलेको सूचनापछि वाकर स्ट्रिट र येल्किन स्ट्रिट आसपासका क्षेत्रमा आपतकालीन सेवाहरू परिचालन गरिएको थियो ।

प्रहरीले सुरक्षाका कारण सर्वसाधारणलाई घटनास्थल वरपर नजान आग्रह गरेको छ भने स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न सल्लाह दिइएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि गत महिना सिड्नीको बोन्डी बीच क्षेत्रमा यस्तै किसिमको गोली प्रहारको घटना भएको थियो ।

Leave a Comment