काठमाडौँ, असोज १२-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनलाई साइबरसम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रारम्भिक विवरण छ।
प्रसाईं यसअघि पनि विभिन्न आरोप तथा मुद्दामा पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै आएका छन्। पछिल्लो समय उनीमाथि सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमा व्यक्त गरिएका विषयलाई लिएर अनुसन्धान हुँदै आएको छ।
यसअघि पनि उनलाई भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। पछिल्लो पक्राउको विस्तृत कारण र उनीविरुद्ध लगाइने कानुनी प्रक्रियाबारे प्रहरीले थप जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ।
साइबर ब्युरोको टोलीद्वारा दुर्गा प्रसाईं पुनः पक्राउ
Leave a Comment
Leave a Comment

