श्रीपञ्चमीको दिन पाथिभरा पुगे बालेन, पूर्वी पहाडी जिल्लामा चुनावी अभियान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ९ माघ २०८२ (शुक्रबार)
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका बालेन शाह ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिर पुगेका छन् । उनले आज बिहान श्रीपञ्चमीको अवसरमा पाथिभरा माताको दर्शन तथा पूजा गरेका हुन् ।

चुनावी प्रचार–प्रसारका क्रममा पूर्वी पहाडी जिल्लाको यात्रामा रहेका शाहले धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै पाथिभरा पुगेर पूजा गरेको उनका निकट स्रोतले जनाएको छ । धार्मिक भ्रमणसँगै उनले स्थानीय मतदातासँग भेटघाट र संवादलाई पनि प्राथमिकता दिएका छन् ।

शाहको पूर्वी नेपाल यात्रा चुनावी अभियानकै हिस्सा रहेको जनाइएको छ । पाथिभरा दर्शनपछि उनी विभिन्न पहाडी जिल्लामा पुगेर चुनावी कार्यक्रम र जनसम्पर्क अभियानलाई निरन्तरता दिने तयारीमा छन् ।

धार्मिक आस्था र चुनावी अभियानलाई एकसाथ अघि बढाउँदै बालेन शाहले पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप सक्रिय बनाइरहेका छन् ।

Leave a Comment