काठमाडौँ, २९ माघ २०८२-राष्ट्रिय सभाको चालु अधिवेशन फागुन १ गतेदेखि अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्ले माघ २६ गते अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।
बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सो निर्णयबारे जानकारी दिइएको छ।
राष्ट्रिय सभाको चालु अधिवेशन माघ ४ गतेदेखि सुरु भएको थियो।

