मधेश चुनावी सभामै घोषणापत्र ल्याउने कांग्रेसको निर्णय, भोलिको कार्यक्रम स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २ फागुन २०८२ । ले आइतबारका लागि तय गरेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। अब पार्टीले घोषणापत्र आगामी ६ फागुनमा मधेश प्रदेशमा आयोजना हुने चुनावी सभामार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता का अनुसार मधेश केन्द्रित चुनावी अभियानलाई प्राथमिकता दिँदै सोही सभामा घोषणापत्र सार्वजनिक गर्ने तालिका तय गरिएको हो। कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ।

कांग्रेसले आगामी चुनाव लक्षित अभियानलाई तीव्र बनाउँदै प्रदेशस्तरका सभामार्फत मतदातासामु नीति तथा कार्यक्रम प्रस्तुत गर्ने रणनीति लिएको जनाएको छ। मधेश प्रदेशको चुनावी सभामा शीर्ष नेताहरूको सहभागिता रहने र त्यहीँबाट पार्टीको प्रतिज्ञापत्र औपचारिक रूपमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

Leave a Comment