काठमाडौँ, फागुन २ — महाशिवरात्रि पर्व नजिकिँदै गर्दा परिसरमा विशेष धार्मिक चहलपहल बढेको छ। नेपाल र भारतका विभिन्न स्थानबाट चार हजारभन्दा बढी साधुसन्त तथा नागा बाबा पशुपति आइपुगेका छन्, जसले क्षेत्रलाई पूर्णतः आध्यात्मिक वातावरणले गुञ्जायमान बनाएको छ।
विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाको आगमन भएको जनाइएको छ। उनीहरूले पशुपति क्षेत्रमा बाल्ने धुनी, पूजा–आराधना र ध्यानले वातावरणलाई अझ भक्तिमय बनाएको छ। महाशिवरात्रि पर्वलाई लक्षित गरी ले सुरक्षा, व्यवस्थापन र सजावटका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
मुख्य मन्दिरसहित वनकाली, भुवनेश्वरी, राममन्दिर, मृगस्थली तथा बागमती किनारका क्षेत्रलाई फूल र आधुनिक बत्तीले सजाइएको छ भने रंगरोगन तथा सरसफाइ गरी आकर्षक बनाइएको छ। महाशिवरात्रिका दिन लाखौँ भक्तजन आउने अपेक्षासहित क्षेत्रलाई झिलिमिली पारिएको छ।
महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा साधना सम्बन्धी गतिविधि थप तीव्र हुने जनाइएको छ।

