मेडिकल कलेज खारेजीको निर्णयविरुद्ध बर्दिवासमा चर्कियो आन्दोलन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ चैत,महोत्तरी — बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने सरकारी निर्णयको विरोधमा महोत्तरीको बर्दिवासमा प्रदर्शन भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को गृह जिल्ला समेत रहेको महोत्तरीमा स्थानीयले सरकारको निर्णयविरुद्ध आक्रोश जनाउँदै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले चक्का जाम गर्दै विरोध जारी राखेका छन्।

स्थानीयका अनुसार अघिल्लो सरकारले स्वीकृति दिएर निर्माण प्रक्रिया अघि बढिसकेको बर्दिवास मेडिकल कलेज वर्तमान सरकारले खारेज गरेपछि जनआक्रोश बढेको हो। प्रदर्शनमा सहभागीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।

बालेन नेतृत्वको सरकारले चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बर्दिवास, बुटवल र सुर्खेतका मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारामा रहेको छ।

Leave a Comment