जनकपुरमा गर्ने गरी कांग्रेसले घोषणापत्र सार्वजनिक कार्यक्रम सार्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ले तयार पारेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम अन्तिम समयमा परिमार्जन गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने तय भएको कार्यक्रम स्थगित गर्दै अब जनकपुरधाममा गर्ने निर्णय गरिएको हो। मधेश प्रदेशबाट चुनावी अभियान सुरु गर्ने रणनीतिअनुसार ६ फागुनमा आयोजना हुने सभामै घोषणापत्र सार्वजनिक गरिने बताइएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार घोषणापत्र भने आजै मा बुझाइनेछ। आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई घोषणापत्र पेस गर्न आइतबारसम्मको समयसीमा तोकेको छ।

कांग्रेसले मधेशबाट चुनावी सन्देश दिने उद्देश्यले घोषणापत्र सार्वजनिक कार्यक्रम जनकपुरमा सारेको जनाएको छ।

Leave a Comment