सर्लाहीमा सव–इन्जिनियरमाथि गोली प्रहार, आक्रमणकारी फरार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सर्लाही, ३ फागुन — पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सव–इन्जिनियर प्रमोद यादवमाथि आइतबार साँझ गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० अदालत नजिकै रहेको उनको डेरामा घटना भएको हो।

प्रहरीका अनुसार सिरहाको सुखीपुरका निवासी यादव डेरामा बसिरहेका बेला अज्ञात व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किन लाग्दा बार्दलीमै उनीमाथि गोली चलाइएको र आक्रमणकारी तत्कालै फरार भएको बताइएको छ। गोली लागेर घाइते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र आक्रमणकारीको संख्या, प्रयोग गरिएको सवारीसाधन तथा घटनाको कारण खुल्न बाँकी रहेको डीएसपी राईले बताए। “अनुसन्धान तीव्र बनाएका छौँ, विस्तृत तथ्य अनुसन्धानपछि मात्र भन्न सकिन्छ,” उनले भने।

गोलीकाण्डपछि मलंगवा क्षेत्र आसपास त्रास फैलिएको छ भने प्रहरीले सम्भावित संलग्न व्यक्तिको खोजीका लागि विभिन्न स्थानमा सर्च अभियान बढाएको जनाएको छ।

Leave a Comment