काठमाडौं, फागुन ५ — (राप्रपा)ले व्यवसायी तथा अभियन्ता को पुनः पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रातको समयमा प्रसाईंलाई पक्राउ गर्नु अलोकतान्त्रिक कार्य भएको बताएका छन्। उनले एउटै व्यक्तिमाथि पटक–पटक पक्राउ गर्नु प्रतिशोधपूर्ण व्यवहार भएको आरोप लगाएका छन्।
“सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्चमा लागेको देखिन्छ,” श्रेष्ठले लेखेका छन्, “बिना शर्त र अविलम्ब प्रसाईंलाई रिहा गरियोस्।”
प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउको कारणबारे सरकारी पक्षबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन।
राप्रपाले घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै नागरिक अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।

