झापा–५ मा आज ओलीको ‘विकास प्रतिवद्धता पत्र’ सार्वजनिक हुँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

झापा, फागुन ५ — ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा मंगलबार चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएका छन्।

का अध्यक्षसमेत रहेका ओलीले दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चोकमा कार्यक्रम आयोजना गरी आफ्नो क्षेत्रीय विकास योजना सार्वजनिक गर्ने कार्यक्रम तय भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ।

कमिटी संयोजक का अनुसार प्रतिवद्धता पत्रमा झापा–५ क्षेत्रमा विजयी भएपछिका प्राथमिक योजना, एमाले नेतृत्वमा भएका सरकारका उपलब्धि तथा अधुरा परियोजनाहरूको निरन्तरता सम्बन्धी कार्ययोजना समेटिएको छ।

यसअघि ओलीले मंगलबार बिहान दमक–३ का दुम्से र टुकुरे क्षेत्रका मतदातासँग भेटघाट गरेका छन्। त्यस्तै दमक–८ को संगम चोक, कृष्ण मन्दिर र स्थानीय अगुवा धनपति मैनालीको निवास हुँदै दमक–१० को सूर्य चोकसम्म चुनावी प्रचार कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

झापा–५ मा ओलीको चुनावी अभियान अन्तर्गत प्रत्यक्ष मतदाता भेटघाट र विकास केन्द्रित प्रतिबद्धता सार्वजनिक कार्यक्रमलाई प्रमुख गतिविधिका रूपमा हेरिएको छ।

Leave a Comment