जनकपुरमा आज कांग्रेसको शक्ति प्रदर्शन, ‘प्रतिज्ञापत्र’ सार्वजनिक हुँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

गगन थापाको सम्बोधनसँगै चुनावी एजेन्डा घोषणा; एक लाख सहभागीको लक्ष्य

६ फागुन, काठमाडौं । ले आज जनकपुरधाममा विशेष सभा आयोजना गर्दै आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने भएको छ। मधेश प्रदेश समितिको आयोजनामा हुने उक्त सभालाई पार्टीका सभापति ले सम्बोधन गर्ने कार्यक्रम छ।

कांग्रेस प्रवक्ता का अनुसार जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञापत्रबारे विस्तृत जानकारी ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत दिइनेछ।

मधेश प्रदेश सभापति ले ‘प्रतिज्ञा सभा’मा करिब एक लाख जनसहभागिता गराउने लक्ष्य राखिएको बताए। उनका अनुसार जनकपुरको कार्यक्रम कांग्रेसको चुनावी अभियानको प्रमुख उद्घाटनका रूपमा लिइएको छ।

कांग्रेसले मधेशबाटै चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै क्षेत्रीय मुद्दा र राष्ट्रिय एजेन्डालाई जोड्ने रणनीति लिएको जनाएको छ। जनकपुर सभामार्फत पार्टीले आगामी निर्वाचनका मुख्य नीति, विकास योजना र सामाजिक प्रतिबद्धता औपचारिक रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

Leave a Comment