श्रीपुर घटनापछि वीरगञ्जमा कर्फ्यू हटाइ निषेधाज्ञा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ फागुन, काठमाडौं । पर्साको मा लगाइएको कर्फ्यू हटाइएको छ भने सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले समग्र शान्ति–सुरक्षाको अवस्था सुधारोन्मुख देखिएको निष्कर्ष निकाल्दै सोमबार साँझबाट कर्फ्यू हटाउने निर्णय गरेको हो। तर सम्भावित भीडभाड र प्रदर्शन रोक्न स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

आदेशअनुसार साँझ ४:३० बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन। आवश्यक परे अर्को आदेशमार्फत समयावधि थप गर्न सकिने प्रशासनको भनाइ छ।

आइतबार राति दुई पक्षबीच विवाद भएपछि वीरगञ्ज महानगरपालिका–१६ स्थित श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो। घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न सोमबार बिहान ९:४५ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो।

सोमबारै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले श्रीपुर घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति गरेको जिल्ला प्रशासनले जनाएको छ। प्रशासनले निषेधाज्ञा अवधिभर शान्ति कायम राख्न स्थानीयवासीलाई सहयोग गर्न आग्रह गरेको छ।

Leave a Comment