काठमाडौं, फागुन १३ — सरकारले आसन्न निर्वाचनका क्रममा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उनीहरूको उपचार खर्च सरकारले नै ब्यहोर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन ड्युटीमा रहेका सुरक्षाकर्मी घाइते भए नि:शुल्क उपचार गराउने तथा उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका, अनुसार निर्वाचन अवधिमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
सरकारले निर्वाचन सुरक्षा व्यवस्थामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।
आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय व्यापक परिचालन गरिएको सरकारको भनाइ छ।

