१३ फागुन,काठमाडौं —सर्बोच्चको आदेश पछि दुर्गा प्रसाईं थुनामुक्त भएका छन्।
मंगलबार का न्यायाधीशद्वय र को इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै प्रसाईंलाई रिहा गर्न निर्देशन दिएको थियो।
प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित ले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेपछि उनलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
मंगलबारै रिहा गर्न आदेश भए पनि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेकाले प्रसाईं बुधबार मात्रै हिरासत मुक्त भएका हुन्।

