तराईमा वैशाख २० सम्मै तातो हावा चल्ने

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 32
पढ्न लाग्ने समय : 1 मिनेट

१६ वैशाख, वीरगञ्ज : वीरगन्जसहित तराई मधेशमा तापक्रम अझै बढ्न सक्ने मौसम विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आउँदो विहीबारसम्म गर्मी अझै बढ्ने सम्भावना रहेको जानकारी गराएको हो । विभागले गर्मी अत्यधिक बढने भएकाले आवश्यक सतर्कता अपनाउन समेत भनेको छ ।

आइतबारदेखि आउँदो विहीबारसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो । पहाडका उपत्यका र खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने अनुमान गरिएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले पहाडका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना भए पनि आगामी ५ दिन तराईको तापक्रम ४० डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको बताए ।

तातो हावाबाट बच्न सकेसम्म बाहिर नजाने, हल्का र सुतीका कपडा लगाउने, पानी र झोलिलो खानेकुरा धेरै खाने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरले सुझाव दिएका छन् ।