साउदीको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा इरानी आक्रमण, खाडीका अन्य देशमा पनि हमला

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

फागुन १८, २०८२-इजरायल–अमेरिका र इरानबीच जारी युद्धको तेस्रो दिन इरानले साउदी अरबको महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र ‘रास तनुरा’मा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदीको सरकारी तेल कम्पनी Saudi Aramco स्वामित्वमा रहेको उक्त रिफाइनरी आक्रमणपछि बन्द गरिएको छ।
रास तनुरा विश्वकै ठूला अपतटीय तेल लोडिङ टर्मिनलमध्ये एक मानिन्छ। यहाँबाट दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन तथा अमेरिका, एसिया र युरोपलगायत विभिन्न देशमा ट्याङ्करमार्फत निर्यात हुने गरेको छ।
यसैबीच इरानले इजरायल बाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि पुनः आक्रमण सुरु गरेको बताइएको छ। खाडी क्षेत्रमा तनाव थप चुलिँदै गएको छ।

Leave a Comment