रास्वपाको संसदीय दल बैठक आज, अध्यादेश र आन्तरिक विषयमा छलफल हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहान ११ बजे संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछाने सहभागी हुनेछन्। काठमाडौं उपत्यकामा रहेका सांसदहरूलाई उपस्थित हुन पार्टीले आग्रह गरेको छ।
हालै सरकारले संसद् छल्दै अध्यादेश ल्याउने तयारी गरेको विषयमा पार्टीभित्रै असन्तुष्टि देखिएपछि सो विषय बैठकको प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ। साथै पछिल्लो समय केही सांसदका गतिविधि सामाजिक सञ्जालमा भाइरल भई आलोचना बढ्दै गएपछि त्यसबारे पनि छलफल हुने जनाइएको छ।
पार्टी नेतृत्वले सांसदहरूलाई अनुशासित र जिम्मेवार व्यवहार गर्न निर्देशन दिने तयारीसमेत गरेको बताइएको छ।

Leave a Comment