२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा विवाद भएपछि मतदान केहीबेरका लागि रोकिएको छ।
विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगेका छन्। उनीहरूले अहिले दुवै पक्षबीच छलफल गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह पनि केहीबेरअघि मतदान केन्द्रमा पुगेका थिए। उनी पुगेपछि विवाद भएको भन्दै विपक्षी पक्षले आरोप लगाएका छन्।
बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयको मतदान केन्द्रमा केहीबेरदेखि मतदान रोकिएको हो।
यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो।

