मधेसमा करिब ६० प्रतिशत मतदान, जिल्लाअनुसार फरक–फरक सहभागिता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट
???????? ???? ????? ????????, ?? ?????? ????? ???????? ??????? ?? ? ?? ???????????? ???????? ???????? ????????????? ?????????–? ????? ?????????? ???? ?????? ????? ???????????? ?????? ???? ????? ???????????? ? ????????? ??????? ?????????????? ????÷????

२१ फागुन, जनकपुरधाम । आज सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणका आधारमा प्रदेशभर करिब ६० प्रतिशत हाराहारीमा मतदान भएको अनुमान गरिएको हो। प्रदेश प्रहरी प्रवक्ता कमल थापाले प्रदेशभर उत्साहजनक ढंगले मतदान सम्पन्न भएको बताए।

उनका अनुसार जिल्लाहरूबाट विवरण संकलन गर्ने काम जारी रहेकाले अन्तिम तथ्यांक आउन भने केही समय लाग्नेछ। आठवटै जिल्लाबाट पूर्ण विवरण प्राप्त भएपछि मात्रै खसेको मतको यकिन जानकारी आउने उनले बताए।

मधेस प्रदेशमा धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन्। यी जिल्लामा गरी ३६ लाख ३६ हजार ४१४ मतदाता रहेका छन्। प्रदेशभर २ हजार १५६ मतदान स्थल र ४ हजार ४७१ मतदान केन्द्र कायम गरिएको थियो।

जिल्लाअनुसार मतदान

धनुषा : करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। चार निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा ५५ देखि ६० प्रतिशतसम्म मतदान भएको बताइएको छ।

महोत्तरी : करिब ५२ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।

सर्लाही : जिल्लाभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको छ। केही स्थानमा सामान्य विवाद भए पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।

सप्तरी : जिल्लाभर करिब ५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सिरहा : सिरहामा करिब ६५ प्रतिशत हाराहारीमा मतदान भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

रौतहट : जिल्लामा करिब ६० प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बारा : बारामा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

पर्सा : पर्सा जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी आएको छ।

प्रदेशभर मतदान शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ। अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको छ।

Leave a Comment