नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख शाह र गैरसरकारी संस्थाका संयोजक गुरुङ विरुद्ध प्रहरीमा जाहेरी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ असोज २०८२
काठमाडौं ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेको छ।

नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, र विजय शाहले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा जाहेरी दिएका हुन्।

जाहेरीमा भदौ २३ र २४ गतेको **‘जेनजी आन्दोलन’**मा घुसपैठ गराई विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा सहभागी गराएको, राष्ट्रिय सम्पदा ध्वस्त पार्ने र सरकारी तथा निजी सम्पत्तिमा तोडफोड–लुटपाट गराउने कार्यमा संलग्न गराएको आरोप लगाइएको छ।

नेविसंघले बालेन शाह र सुदन गुरुङलाई २४ घण्टाभित्र पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ। प्रहरी स्रोतका अनुसार जाहेरी प्राप्त भइसकेको र कानुनी अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।

यसअघि पनि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शाह र गुरुङविरुद्ध समान प्रकृतिको जाहेरी दर्ता गराइसकेको थियो।

Leave a comment