अतिक्रमित भुमि फिर्ता ल्याउँछौ: एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 175
पढ्न लाग्ने समय : 2 मिनेट

१९ चैत्र, बारा : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताउनुभयो ।
बाराको कलैयामा आज नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनलाई उदघाटन गर्दै पोखरेलले नेकपा एमाले पहिला देखि नै आफनो देशको भूमि अतिक्रमण हुन नदिने कुरामा स्पष्ट रहेको बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक भारतमाथि मात्र निर्भर हुँदा समस्यामा पर्न सक्ने भन्दै चिनसँगको सिमाना जोडिएका नाकाहरुको विकासमा वर्तमान सरकार लागि पर्ने बताउनुभयो ।
वहाँले अहिलेको राजनितिक समिकरणले मिसन ८४ लाई सफल बनाउन सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
काँग्रेस र माओवादी सम्मिलित गठबन्धनले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउँदै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई स्थिरता तर्फ लैजान एमाले सहितको वर्तमान राजनितिक समिकरण निर्माण भएको स्पष्ट पार्नुभयो ।
वहाँले काठमाडौ निजगढ फास्ट ट्रयाकको काम तिव्र गतिमा अगाडी बढाइने बताउनुभयो ।
कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेकपा एमाले सम्मिलित वर्तमान सरकारले मुलुकमा विकासको गति ल्याउने दावी गर्नुभयो ।
नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवं कृषि तथा पशु बिकाश मन्त्री ज्वाला कुमारी साहले आफुहरु किसानको समस्या समाधान गर्न दिनरात खटिने बताउनु भयो । जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा सांसद अच्युत मैनाली, मधेस प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज यादव लगायतले मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रमको संचालन जिल्ला सचिव अध्यानन्द पाण्डेले गर्नु भएको थियो । भोलि हुने बन्द सत्रले एमाले बाराको नयाँ नेतृत्व चयन गर्ने छ ।