बारा–४: रहवर अंसारी विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,बारा-बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी ४१,२०० मतसहित विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका किसान श्रेष्ठ ११,६३९ मत प्राप्त गर्न सफल भए। यसैगरी, नेपाली कांग्रेसका श्यामबाबु गुप्ता ७,१२३ मत, जसपा नेपालका सन्जु साह ७,६२५ मत, र नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा २,६७ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले परिणाम औपचारिक रूपमा पुष्टि गरेको छ। रहवर अंसारीको विजयीपछि बारा–४ क्षेत्रका मतदाताले नयाँ प्रतिनिधि पाएका छन्।

Leave a Comment