अयोध्यामा रामललाको दर्शनपछि स्वदेश फर्किंदै रवि लामिछाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २२ — भारत भ्रमणमा रहेका रवि लामिछाने स्वदेश फर्किनुअघि शुक्रबार बिहान अयोध्या पुगेर राम मन्दिर मा दर्शन गरेका छन्।
उनसँग पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा पनि अयोध्या पुगेका थिए। रामललाको दर्शनपछि उनीहरू नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।
नितिन नवीन को निमन्त्रणामा जेठ १८ गते भारत पुगेका लामिछानेले भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्। उनले नरेन्द्र मोदी, अमित शाह, एस. जयशंकर लगायत भारतीय नेताहरूसँग भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा लामिछानेले सर्जियो गोर सँग पनि छलफल गरेका थिए। रास्वपाले यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा क्षेत्रीय चासोका विषयमा संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको छ।
यसैबीच, आजै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा प्रस्थान

Leave a Comment