कुर्क्समा युक्रेनी आक्रमणबाट ५०७ नागरिक मारिएको रूसी दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २२ — रूसको सीमावर्ती कुर्क्स क्षेत्र मा युक्रेनी सेनाले गरेको आक्रमणका कारण ५०७ जना सर्वसाधारणको ज्यान गएको रूसी अधिकारीहरूले दाबी गरेका छन्।
कुर्क्सका गभर्नर अलेक्जेन्डर खिन्स्टाइन ले रूसी समाचार एजेन्सी टाससँग कुरा गर्दै उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। उनका अनुसार यो घटना कुर्क्स क्षेत्रले भोगेको सबैभन्दा गम्भीर मानवीय क्षतिमध्ये एक हो।
सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च का क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खिन्स्टाइनले मृतकमध्ये ४४६ जना गत वर्षको सुरुदेखि नै परिवारसँग सम्पर्कविहीन रहेका नागरिक भएको बताए। उनीहरूलाई यसअघि बेपत्ता व्यक्तिको सूचीमा राखिएको थियो।
रूसी पक्षले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आक्रमणबाट प्रभावित क्षेत्रहरूमा मानवीय क्षति अपेक्षाभन्दा धेरै भएको दाबी गरिएको छ। यद्यपि, उक्त तथ्यांकबारे स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतबाट तत्काल पुष्टि भइसकेको छैन।
रूस–युक्रेन युद्ध जारी रहँदा सीमावर्ती क्षेत्रमा नागरिक हताहती र विस्थापनका घटनाहरू बढ्दै गएका छन्। कुर्क्स क्षेत्र पनि पछिल्ला महिनाहरूमा बारम्बार आक्रमण र सुरक्षा चुनौतीको केन्द्र बन्दै आएको छ।

Leave a Comment