सर्लाही–२ मा रास्वपाका रविन महतो विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन्।

भर्खरै सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका डा. सरोज कुमारले ७ हजार ३९ मत पाएका छन् भने राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९९२ मत प्राप्त गरेका छन्।

मतपरिणामसँगै सर्लाही–२ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो।

Leave a Comment