२४ फागुन २०८२, आइतबार | काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले १०० सिट जित्दै सबैभन्दा ठूलो दल बन्ने आधार तयार गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार १२९ निर्वाचन क्षेत्रको परिणाम आउँदा रास्वपाले एक सय सिटमा विजय हासिल गरेको हो। सुरुवाती चरणदेखि नै अधिकांश क्षेत्रमा अग्रता कायम गरेको रास्वपाले अन्ततः ठूलो बहुमतसहित जित हात पारेको छ।
हालसम्मको नतिजाअनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ सिट जितेको छ। त्यसैगरी नेकपा एमालेले ७ सिट, नेकपा (नेकपा) ले ६ सिट जितेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले समान १–१ सिट जितेका छन्।
रास्वपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमा बालेन्द्र शाह, इन्दिरा राना मगर, सोविता गौतम, लेखजंग थापा, हरि ढकाल, सुलभ खरेल, रुविना आचार्य, सुनिल लम्साल, बदनकुमार भण्डारी, राजन गौतम, राजकिशोर महतो, अशोककुमार चौधरी, नरेन्द्र साह कलवार, निशा डाँगी, नरेन्द्रकुमार गुप्ता, विक्रम खनाल, कमल सुवेदी, नीतिमा भण्डारी, मनिष झा, विपिनकुमार आचार्य, तोसीमा कार्की, देवराज पाठक, रविन महतो, राजीव खत्री, मनीष खनाल, रहबर अन्सारी, कृष्णकुमार कार्की, सन्तोष राजवंशी, अरबिन्द साह, गणेश धिमाल, खड्कराज पौडेल, शिवशंकर यादव, तौफिक अहमद खान, प्रकाश पाठक, स्वर्णिम वाग्ले, बिना गुरुङ, प्रदीप विष्ट, गणेश कार्की, गणेश पौडेल, सीताराम साह, तपेश्वर यादव, अमरेशकुमार सिंह, चन्दनकुमार सिंह, डोलप्रसाद अर्याल, प्रमोदकुमार महतो, सुनिल केसी, मोहनलाल आचार्य, दीपकराज बोहरा, धर्मराज केसी, रुकेश रञ्जित, सुरेशकुमार चौधरी, दीपककुमार साह, श्रीराम न्यौपाने, अच्युतम लामिछाने, आनन्दबहादुर चन्द, उत्तमप्रसाद पौडेल, सस्मित पोखरेल, आशा झा, सागर ढकाल, मधुकुमार चौलागाई, खगेन्द्र सुनार, पुकार बम, धनञ्जय रेग्मी, राजेशकुमार चौधरी, खेमराज कोइराला, कन्हैया बनियाँ, गणेश पराजुली, शिशिर खनाल, विक्रम थापा, सुशान्त वैदिक, यज्ञमणि न्यौपाने, ज्ञानेन्द्र सिंह महता, माधवबहादुर थापा, सागर भुसाल, बोधनारायण श्रेष्ठ, विराजभक्त श्रेष्ठ, भरतप्रसाद पराजुली, बुद्धरत्न महर्जन, सुशील खड्का, जगतप्रसाद जोशी, ताराप्रसाद जोशी, राजुनाथ पाण्डे, आशिष गजुरेल, कोमल ज्ञवाली, गोविन्द पन्थी, धनेन्द्र कार्की, रञ्जु न्यौपाने, सूर्यबहादुर तामाङ, सोम शर्मा, आसिका तामाङ, जनक सिंह धामी, टेकबहादुर शाक्य, रवि लामिछाने, शम्भुप्रसाद ढकाल, सुशीलकुमार कानु, हरिप्रसाद भुसाल र ई. जगदीश खरेल रहेका छन्।
प्रत्यक्षतर्फको मतगणना अझै केही क्षेत्रमा जारी रहे पनि हालसम्मको परिणामले रास्वपाले संसदमा बलियो उपस्थिति बनाउने संकेत देखिएको छ।






