आगामी चुनावमा प्रतिस्पर्धा चाहने दल १०८ पुगे

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

दल दर्ताको समय आइतबारसम्म, संख्या अझ बढ्न सक्ने आयोगको संकेत

१२ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्ने संख्या १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार साँझसम्म दर्ताका लागि आवदेन दिने दलहरूको संख्या यही हो।

आयोगले दल दर्ताको समय आइतबारसम्म थप गर्दा बाँकी दिनमा अझ केही दलले दर्ता प्रक्रिया पूरा गर्ने सम्भावना रहेको उनले बताए। आयोगमा हाल १६ दल दर्ता प्रक्रियामा छन्, ती दलले आवश्यक कागजात पूरा गरेमा निर्वाचन प्रयोजनका लागि दर्ता हुनेछन्।

२०७९ मंसिरमा भएको पछिल्लो प्रतिनिधिसभा चुनावमा ८४ दलले मात्र सहभागिता जनाएका थिए। यसपटक भने दलहरूको रुचि उल्लेख्य रूपमा बढेको छ।

त्यहीबेला आयोगमा दर्ता भइसकेका दलको संख्या १३९ पुगेको छ। बिहीबार मात्र माधवप्रसाद खतिवडाको ‘नागरिक बचाउ दल नेपाल’प्रकाश खड्काको ‘नेपाल जनसेवा पार्टी’ नयाँ दलका रूपमा दर्ता भएका छन्।

बुधबार सबिन सिग्देलको ‘प्रगतिशील नागरिक पार्टी’, दीपककुमार साहको ‘सर्वोदय पार्टी’सर्वेन्द्र खनालको ‘समुन्नत नेपाल पार्टी’ आयोगमा दर्ता भएका थिए।

जेनजी आन्दोलनपछि मात्र २३ नयाँ दल दर्ता भइसकेका छन्, जुन पछिल्लो समय राजनीतिक ध्रुवीकरण र नयाँ समूहहरूको सक्रियता बढेको संकेत मानिएको छ।

Leave a comment