हेटौंडा, २४ फागुन। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन्।
तिमिल्सिनाले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले कुल २२ हजार ६०१ मत प्राप्त गरेका छन् भने महतले १८ हजार ५९७ मत पाएका छन्।
निर्वाचन परिणाम अनुसार तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हितबहादुर तामाङ रहे। उनले १३ हजार ३७७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का बद्री मैनाली ८ हजार ९३२ मत सहित चौथो स्थानमा रहे।
अन्य उम्मेदवारतर्फ उज्यालो नेपाल पार्टीका अमिक तामाङ ले २ हजार ६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिमल थापा ले ७६७ मत पाएका छन्।
यस जितसँगै रास्वपाले नुवाकोट–१ मा महत्वपूर्ण सफलता हासिल गरेको छ।

