२८चैत्र,बारा: बारामा प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जना भारतीयलाई बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा फेटा गाँउपालिका वडा नम्बर- ३ स्थित चौताराबाट एक सय ५८ ग्राम नौ सय १० मिलीग्राम ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको हो ।
घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा ट्रयाक्टरको ट्याँकी भित्र लुकाई राखिएको लागू औषधसहित दुईजना भारतीयलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी गराए ।
प्रहरीले ट्याक्टर चालक भारत शिवनगर इनर्वा पञ्चायत पुर्वी चम्पारण वडा नम्बर २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक कार्बाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टर सहित दुबै जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ।


