१६१ सिटको नतिजा सार्वजनिक: रास्वपाको ठूलो अग्रता, अरू दलले कति जिते?

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २५ फागुन २०८२। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार (रास्वपा) ले सबैभन्दा धेरै १२४ सिट जित्दै स्पष्ट अग्रता कायम गरेको छ।

का अनुसार सोमबार दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवार एक निर्वाचन क्षेत्रमा अझै अग्रस्थानमा रहेका छन्।

हालसम्मको नतिजा अनुसार ले १७ सिट जितेको छ भने एक स्थानमा अग्रता लिएको छ। त्यस्तै ले ८ सिट जितेको छ र एक क्षेत्रमा अगाडि रहेको छ।

यसैगरी का ७ उम्मेदवार विजयी भएका छन्। का ३ उम्मेदवार निर्वाचित भएका छन्।

त्यस्तै र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।

उता समानुपातिकतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मत गणना सम्पन्न भएको आयोगले जनाएको छ। मत परिणामअनुसार रास्वपाले ४१ लाख ८० हजार ३२२ मत, कांग्रेसले १३ लाख ९७ हजार ८७४ मत, एमालेले ११ लाख ८० हजार ७९४ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपाले ६ लाख १४ हजार ३६० मत, श्रम संस्कृति पार्टीले ३ लाख ४ हजार ५७१ मत तथा राप्रपाले २ लाख ८३ हजार २२१ मत प्राप्त गरेका छन्।

बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ।

Leave a Comment